शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

फिल्म ‘कुम्भ करण’ को ट्रेलर रिलिज

आइतबार, बैशाख २९ २०७६

काठमाडौं(जस)–जेठ १७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘कुम्भ करण’ को ट्रेलर रिलिज गरिएको छ । रोमान्टिक, सस्पेन्स र कमेडी प्लट समेटिएको सार्वजनिक ट्रेलरले दर्शकको ध्यान खिच्न सक्छ । अभिनेत्री निशा अधिकारीले शिक्षिकाको भूमिकामा निर्वाह गरेको फिल्ममा गौरव पहारी शिक्षक, भोलाराज सापकोटा प्रधानाध्यापक, अभय बराल पिएनको भूमिकामा छन् । फिल्ममा आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।
आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई दिपक वलीले निर्देशन गरेका छन् । रोम वली कार्यकारी निर्माता, क्षितिज बस्नेत र खड्क वुढाथोकी फिल्मका निर्माता हुन् । फिल्ममा महेश दवाडीको कथा, पटकथा तथा संवाद, हरि लामाको छायाँकन, विनोद ढकाल, गोविन्द मधुर आचार्य र जयन जेको संगीत, सुरेन बसेलको नृत्य छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार