मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आयरल्याण्डविरुद्ध वेस्टइन्डिजको कीर्तिमानी जित, एम्ब्रिजको मेडन शतक

आइतबार, बैशाख २९ २०७६

काठमाडौं(एजेन्सी)–वेस्टइन्डिजले आयरल्याण्डविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । जारी त्रिकोणीय सिरिजमा वेस्टइन्डिजले आयरल्याण्डमाथि ५ विकेटको कीर्तिमानी जित हासिल गरेको हो । आयरल्याण्डले दिएको ३२८ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले ४७.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । वेस्टइन्डिजले अहिलेसम्म कै धेरै रन चेज गरेर नयाँ किर्तिमान बनाएको छ ।वेस्टइन्डिजको जितमा आगामी विश्वकपको टोलीमा नपरेका सुनिल एम्ब्रिजले आफ्नो मेडन एकदिवसीय शतक प्रहार गरेका थिए । एम्ब्रिजले १२६ बलमा १४८ रनको पारी खेलेर वेस्टइन्डिजलाई कीर्तिमानी जित दिलाउन मद्धत गरेका थिए । त्यस्तै वेस्टइन्डिजका लागि साइ होपले ३०, डारेन ब्राभोले १७, रोस्टन चेजले ४६, जोनाथन कार्टरले ४३ र जासन होल्डरले ३६ रन बनाएका थिए । आयरल्याण्डका बलर बोयड रान्किनले ३ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिंग गरेको आयरल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउदै ३२७ रन बनाएको थियो । आयरल्याण्डका लागि एन्डी बलब्रिनेले १२४ बलमा १३५ रन्को शतकीय पारी खेलेका थिए । त्यस्तै पाउल स्टीरिंगले ७७, केभिन ओ ब्रायनले ६३ रन बनाएका थिए । वेस्टइन्डिज, आयरल्याण्ड र बंगलादेशको त्रिकोणीय सिरिजमा आयरल्याण्डको यो तेस्रो हार हो भने वेस्टइन्डिजले ३ खेलमा २ जित हासिल गरेको छ । सिरिज अन्तर्गत अब अर्को खेल वेस्टइन्डिज र बंगलादेशबीच सोमबार हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार