मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टमा कानूनविद् गुरुङको उम्मेदवारी

शनिबार, बैशाख २८ २०७६

अमेरिका ।अधिकारकर्मी एवं कानूनविद् छत्रकुमारी गुरुङले गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पद्मा उम्मेदवारी दिएकी छिन् । नेपालमा लामो समय मानवअधिकार र कानूनी क्षेत्रमा काम गरीसकेकी गुरुङले आफ्नो योग्यता, दक्षता र अनुभवलाई एनआरएनएको समग्र हितमा लगाउँन उम्मेदवारी दिएको बताइन् ।

यसैगरी उनले सबल, सक्षम र समावेशी एनआरएनए बनाउनका लागि पनि आफूले उम्मेद्वारी दिएको प्रष्ट पारिन् । ‘मेरो कार्यदक्षता, अनुभव र योग्यतालाई एनआरएनको बृहत्तर हित र सम्बृद्धिमा खर्चिनेछु’ उम्मेदवार गुरुङले भनिन् ‘मलाई आशा छ, यो मेरो योग्यता, क्षमता र कार्यगत अनुभवलाई एनआरएनको हितमा लगाउने अवसर अवश्य नै पाउनेछु ।’

गुरुङले नेपालको अन्तरिम संविधान मस्यौदा समितिको सदस्यसमेत रहेर संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उनी यसअघि एनआरएनए अमेरिकाको महिला समिति र विधान समितिमा समेत काम गरेकी अनुभवी हुन् ।

विगत एघार बर्षदेखि अमेरिकाको न्यूह्यामसार राज्यमा बस्दै आएकी गुरुङले न्यूह्यामसर नेपाली समाज, अन्तर्राष्ट्रिय साहित्य समाज न्यूह्यामसर, एभरेष्ट लायन्स क्लब न्यूह्यामसर र गुरुङ समाज न्यूह्यामसर लगायतका दर्जनौं संघ संस्थामा विभिन्न पदमा रहेर कामको अनुभव संगाली सकेकी छन् ।
नेपाली कानून व्यवसायिको छाता संगठन नेपाल बार एशोसिएशनको पूर्व केन्द्रिय सदस्य एवं सर्वोच्च अदालतमा कानुन व्यवसायीको रुपमा यसअघि कार्यरत गुरुङ कानूनी सहयोग तथा परामर्श केन्द्र नेपाल र जनजाति महिला कानूनी सचेतना समूहको संस्थापक अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार