शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओसिनिया क्षेत्रीय सम्मेलन उपलब्धिमूलक हुने अपेक्षा गरेका छौं

शनिबार, बैशाख २८ २०७६

भवन भट्ट
अध्यक्ष, गैरआवासीय नेपाली संघ
एनआरएनए

एनआरएनए अभियान कसरी अगाडि बढिरहेको छ अहिले?
हामी हाम्रा सबै महत्वपूर्ण योजनाहरु सकाउने चरणमा छै्रां । एनआरएनएको सपना हेडक्वार्टर, शंघमूल पार्क, तथा लाप्राका नमूना बस्ति सबै सफलता पूर्वका सम्पन्न गरेर हामी अब नयाँ चरण मा प्रबेश गर्ने तयारीमा छौं । लाप्राक अहिले लगभग काम सकिएको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ । हामीले बिज्ञ सम्मेलनमार्फत एनआरएनएको ज्ञान तथा अनुभव बाँड्ने परम्परा सुरु गरेका छौं । यसबाट एाआरएनए र सरकार नेपालको विकासमा संगै हातेमालो गरेर अगाडि बढ्दै छ भन्ने सन्देश पनि दिएका छौं । साथै, नेपाल सरकार तथा जनतालाई आवस्यक परेको कुनै पनि बेला विभिन्न प्रकारले नेपाल बाहिरका नेपालीले सहयोग गर्न तयार छन् भन्ने सन्देश पनि दिन सफल भएका छौं ।
यहाँले आफ्नो कार्यकालमा उल्लेखनिय कामहरु के–के गर्नुभयो ?
लाप्राक नमूना बस्ति काम सकेर हस्तान्तरण हुदैछ । शंघमूल पार्क हस्तान्तरण भैसक्यो । त्यस्तै, एनआरएनएको आफनै भवन पनि सरिएको छ । हालै लगानी सम्मेलनमा हामीले १० अर्बको कोषको सम्झौता गरिसकेका छौं । विज्ञ सम्मेलनमा गर्ने परम्परा सुरु गरेका छौं । साथै, यसपटकदेखि राष्ट्रिय खेलकूदमा एनआरएनएको टोलीले पनि भाग लिन थालेको छ । यी केहि महत्वपूर्ण काम भए त्यसबाहेक पनि थुप्रै कामहरु भएका छन् ।
एनआरएनए केन्द्रले तेर्सो ओशिनिया सम्मेलन लाई कतिको महत्वका साथ कसरी हेरेको छ ?
गैरआवासीय नेपाली संघको ओसिनिया क्षेत्रीय सम्मेलन शनिबार सिड्नीमा आयोजना हुदैछ । कानुन मन्त्री भानुभक्त ढकाल, अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोलम्यान, म, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीलगायत करिब दुई सय बिदेशी प्रतिनिधिको सहभागिता हुने यस सम्मेलनका लागि ‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ नारा तय गरिएको छ । ‘इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ भन्ने विषयमा केन्द्रित हुने सम्मेलनमा विज्ञहरुले कार्यपत्रहरु पेश गर्ने र त्यसमाथि ब्यापक बौद्धिक तथा ब्यबहारिक बहस हुने छ । कार्यक्रममा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्नु हुनेछ । सम्मेलनका निष्कर्षहरू नेपालको विकास निमार्णका लागि निकै उपयोगी हुनेछ । सम्मेलनमा न्युजिल्याण्ड, भानुवातुलगायतका देशबाट पनि हाम्र साथीहरु आउनेु हुनेछ । अस्ट्रेलियालगायत न्युजिल्याण्ड, पपुवान्युगिनी, भानुवातु लगायत देश ओशिनिया क्षेत्रमा पर्छन् । अतिथि देबो भवः र एकै हात सबै साथ भन्ने एनआरएनको मुल नारालाई बोकेर यसपटक क्षेत्रीय सम्मेलनमा भ्रमण वर्ष २०२० लाई सफल बनाउन यस क्षेत्रले खेल्नुपर्ने भूमिकाको विषयमा समेत चर्चा हुनेछ । सम्मेलनको पहिलो दिन शनिबार बिहानदेखि बेलुकासम्म लगानी, पर्यटन प्रर्वधन अनि बिदेशमा सिकेको सिप र ज्ञानलाई नेपालको विकासमा कसरी लान सकिन्छ भन्ने बिषयमा छलफल हुनेछ । दोस्रो दिन कार्यक्रमको समापन र सिड्नी घोषणापत्र सार्वजनिक हुनेछ । समग्रमा सममेलन उपलब्धिमूलक हुने अपेक्षा छ ।
अझै पनि एनआरएनएलाई धनीको मात्रै सस्था भन्ने गरिन्छ यहाँको कार्यकालमा यहाले ओशिनियामा रहेका नेपाली बिधार्थीको लागि के–के गर्नुभयो ?
जब जब कुनै पनि देशमा नेपालीलाई समस्या पर्दछ, त्यस देशमा रहेका नेपालीहरु मिलेर समस्या समाधान गर्ने हामी एनआरएनको संस्कार हो । त्यसैले हामी आसेनिया क्षेत्रमा पनि हामी हाम्रा विद्यार्थी तथा अन्यको हकमा उनीहरुका लागीस् के कसरी सहयोग गर्न सकिन्छ, त्यसमा लागी नै रहेका छौं, लागी रहन्छौं । म आफै जापानमा विद्यार्थी भएर अनि आफनो काम पनि गरेर यहाँसम्म आइ पुगेकोले विद्याथीहरु प्रति मेरो भावनात्मक रुपमा सम्बन्ध छ । त्यसैले मैले एनआरएन जेनरेसन नेक्स्ट भन्दछु । त्यो भनेको एनआरएनको भविष्य हो । उनीहरुलार्य कसरी जोड्ने र उनीहरुको साथ र सहयोगले युवा एनआरएन कसरी बनाउने भन्ने बारेमा म चिन्तित पनि छु ।

एनआरएनको ड्रिम प्रोजेक्ट लाप्राक प्रोजेक्टको कार्य प्रगति के कस्तो भइरहेको छ ?
अहिले लगभग लगभग काम सकिसकेको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ । हाम्रो लक्ष्य चाँडै नै सम्पुर्ण लाभग्रहीहरुलाई घर हस्तान्तरण गर्नेछ । तर त्यहाँ मौसम अनि एकदम विकटता जस्ता कारणले यो संभव भएन । जस्तै काठमाण्डौमा ८०० को सिमेन्ट त्यहाँ पुग्दा १६०० देखि २०००सम्म पुग्छ । काठमाण्डौमा एक ट्रयाक्टर बालुवा ४००० मा पाइन्छ भने त्यहाँ १०,००० देखि १२,००० पर्छ, सुन भन्दा महङ्गो छ । त्यस्तै काम गर्ने मान्छे पाउन पनि मुश्किल । तर, हामीलाई नेपाली सेनाहरुले सघाएका छन् र अरु भोलेन्टरहरुले पनि सघाएका छन् । जसका कारणले गर्दा खेरी हामी चाँडै नै लाभग्राहीहरुलाई घर हस्तान्तरण गर्ने प्रयासमा छौं ।

एनआरएनले लगानीसँगै सीप, प्रविधि भित्र्याउने भनिएको छ नि त्यो नारामा मात्रै सिमित हो कि ?
धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, ५ वर्ष अघि नेपाल आर्थिक पत्रकार समाजले ९ जिल्लामा गरेको अध्यायनले करिब ३० अर्बको लगानी देखाएको थियो । हाद नयाँ अध्यायन हुदै छ । तर पनि सस्ृर्ती तथ्यांक हेर्दा करिब ३२ अर्ब त सम्झौता भएका जलविद्युतमा नै आउने देखिन्छ । त्यसमध्येपनि १२ अर्ब त लगानी नै भइसक्यो । त्यस्तै, होटेलमा करिब २२ अर्ब लगानी भइरहेको छ । यस्तै क्षेत्रगतरुपमा हेर्दा कुल अर्थतन्त्रको ५ प्रतिशतको हाराहारीमा अर्थात १ खर्ब बढि एनआरएनको नेपालमा लगानी देखिन्छ । साथै, विदेशमा सिकेका सीप लिएर धेरै साथीहरु नेपालमा हाल आफनै ब्यवासाय गरिरहन्ु भएको छ । यस्तै, एनआरएनको विद्धतालाई सकरारले कदर गरेर १५ औं योजनाको आधारपत्रमा पनि छलफल गरेको थियो । त्यसमा हाम्रा साथीहरुले सुझाव दिनु भएको छ ।

एनआरएनले यसअघि नै नेपालमा १० अर्ब लगानी भित्र्याउने घोषणा गरेको छ, त्यो लगानी नेपालमा कसरी भित्र्याउने भनिएको हो ?
हालै लगानी सम्मेलनमा हामीले १० अर्बको कोषको सम्झौता गरिसकेका छौं । यसलाई सामुहिक लगानी संयन्त्र बनाउने सोच हो । यस होल्डिङ कम्पनी मार्फत ब्यवसायिक समुहले लगानी गर्नेछन् । जसमा सबै चाहना भएका एनआरएनले १००० देखि १००,००० सम्म प्रति महिना लगानी गर्नसक्ने छन् । यसले सबैमा सामुहिक लगानीको भावना पनि बढ्छ तथा सबैको ओनरसिप पनि हुन्छ । त्यसको मोडालिटिमा काम भइरहेको छ । छिट्टै हामी त्यसलाई फाइनल टच दिएर बाहिर ल्याउँछों ।

एनआरएनले नेपालमा अक्टोवरमा विज्ञ सम्मेलन सम्पन्न गर्यो यस्ले प्रवासमा बस्ने नेपालीलाई के फाईदा पुर्यायो त ?
एनआरएनका साथीहरु जुन जुन देशमा हुनुहुन्छ, त्याहाँ आफनो योग्यता तथा दक्षताको आधारमा अनुभवको आधारमा धेरै कुरा नेपालमा सेयर गर्न सक्नु हून्छ । त्यसैले हामीले अक्टोबरमा गरेको सम्मेलनामा साथीहरुले आफनो सिप तथा ज्ञान अनुभव हस्तान्तरण गर्नुभयो । त्यसको लेखोटमा उतारेर हामीले सरकारलाई पनि बुझाएका छौं । यसरी नेपाल बहिरका मुलकसंग कसरी सहयोग बढाउने तथा लगानी बढाउने भन्ने काम एनआरएनका साथीहरुले सरकारसंग मिलेर गर्दा नेपालको विकास तथा प्रगतिमा हातेमालो गर्न पाउँदा हामीलायृ गर्व हुन्छ । किनकि हामी जहाँ बसे पनि आखिर नेवाली नै हो र नेपालको विकास हुँदा नेृपाल समृद्ध हुँदा हाम्रो पनि सम्माना बढ्छ । विदेसिले हामीलाई हेर्ने नजर नै फरक हुन्छ ।

यहाँ अहिले एनआरएनए अध्यक्षमा एक कार्यकाल समाप्तिको नजिक हुनुहुन्छ अब यहाँको गन्तब्य कहाँ हुन्छ ?
त्यो त समयले नै बताउँछ । तर म एनआरएनएको अभियानको शुरुवाती देखी नै संलग्न भएको तथा एनआरएन स्थापना भएका सबै देश पुगेर सबै साथीहरुसंग परिचित भएको नाताले यही ने हुन्छु । एनआरएनए समुदाय मेरो घर परिवार नै जस्तो लाग्छ मलाई । किनकि म नै म नै यस्तो व्यक्ति हुँला जो एनसीसीको शुरुवाती सदस्यदेखि अध्यक्ष हुदै केन्द्रको कोषाध्यक्ष हुदै दोश्रो कार्यकालको उपाध्यक्ष भएर हाल अध्यक्ष भएको हुँ । त्यसैले मेरो जीवन एनआरएन कै हितका लागि हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार