सिड्नी(जस)-भेलिदेखि शुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को ओशिनिया क्षेत्रीय सम्मेलनका लागि विशिष्ट अतिथिसँगै विश्वभरका एनआरएन अभियन्ता सिड्नीमा आउने क्रम जारी छ । सम्मेलन यही मे ११ र १२ मा हुँदैछ ।

एनआरएन ओशिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीका अनुसार सम्मेलनको लागि अहिलेसम्म प्रमुख अतिथी नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल तथा सांसद विष्णु पन्थी, नेपाली काँग्रेसका नेता रमेश लेखक, एनआरएन उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव बद्री केसी. एनआरएनए प्रवक्ता भुषण घिमिरे, एनआरएएन युरोप संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापालगायत सिडनी आइसकेका छन् ।

कार्यक्रममा सहभागी हुन् एनआरएन अध्यक्ष भवन भट्ट सिडनी पुग्दैछन् । सम्मेलनको लागि विश्वभरका एनआरएन अभियन्ताहरु आउने जारी रहेको संयोजक अधिकारीले बताए । कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, कुमार पन्त, महासचिव बद्री केसी, सहकोषाध्यक्ष सोम सापकोेटा, एनआरएनएन प्रवक्ता भूषण घिमिरे, यूरोपका संयोजक शिवकुमार बरुवाल, एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापालगायत सहभागी हुनेछन ।

कार्यक्रममा अष्ट्रेलियाका उच्च राजनीतिक नेताहरु तथा अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान पनि सहभागि हुनेछन । सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलन सिड्नीको हायात रिजेन्सी होटलमा हुनेछ । कार्यक्रममा क्यानाडाबाट डा प्रमोद ढकाल, अमेरिकाबाट डा अम्बिका अधिकारी, अस्ट्रेलियामा क्रियाशील डा राजु अधिकारि, डा कुश श्रेष्ठ, डा कृष्ण हमाललगाएतले विभिन्न बिषयमा कार्यपत्र पेश गर्र्नेछन् । सम्मेलनमा २० मुलुकका तीन सय भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूल नाराका साथ गरिन लागिएको सम्मेलन नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन कोशेढुंगा शावित हुने अपेक्षा गरिएको छ ।

सम्मेलनको पहिलो दिन नेपालमा गैर आवासीय नेपाली र लगानी सम्बन्धी, प्रर्यटन प्रबद्र्धन तथा विदेशी ज्ञान, सिपलाई कसरी भित्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ भने दोस्रो दिन सिड्नी घोषणापत्र जारी गर्दै समापन गर्ने कार्यक्रम तय गरिएको संयोजक अधिकारीले जानकारी गराउनुभयो । सम्मेलनको लागि करिव ८० हजार अष्टेलियन डलर खर्च हुने अनुमान गरिएको छ ।

सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनको पहिलो दिन नेपालमा गैर आवासीय नेपाली र लगानी सम्बन्धी, प्रर्यटन प्रवद्र्धन तथा विदेशी ज्ञान, सिपलाई कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ भने दोस्रो दिन सिड्नी घोषणापत्र जारी गर्दै समापन गर्ने कार्यक्रम तय गरिएको एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले जानकारी गराए । त्यस्तै यो सम्मेलनसँगै एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसी) को आगामी नेत्तृत्वको लागि पनि चर्चा शुरु हुने मानिएको छ । सम्मेलन आगामी नेतृत्वका लागि आंकाक्षीहरुलाई भेटघाट तथा आफ्नो दाबेदारी अघि बढाउने उपयुक्त अवसर रहने बताइएको छ ।



