शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

भूमि पेडनेकर एकसाथ छ फिल्ममा काम गर्दै !

बिहिबार, बैशाख २६ २०७६

मुम्बई(एजेन्सी)–बलिवुड अभिनेत्री भूमि पेडनेकर एक पछि अर्को सफलता हासिल गर्दै आएकी छन् । अहिले भूमिले एक साथ् ६ फिल्म साइन गरेपछि उनको चर्चा बलिवुडमा अहिलेकी उत्कृष्ट नायिकामा उनको चर्चा हुन् थालेको छ । भूमि यस बर्ष डोली किट्टी और वो चम्के सितारे, सांड की आँख, पति पत्नी और वो, बाला, तख्त र विक्की कौशलसँगको नाम नतोकिएको हरर फिल्ममा काम गरिरहेकी छन् ।
२०१५ मा आयुष्मान खुरानासँगको फिल्म दम लगाके हैसा फिल्मबाट बलिवुडमा डेभ्यु गरेकी भूमि त्यस अघि यश राज फिल्म्समा क्रियटिभमा काम गर्ने गर्दथिन् । भूमिले दम लगाके हैसापछि म्यान्स वर्ल्ड, ट्वाइलेट एक प्रेम कथा, शुभ मंगल सावधान, लस्ट स्टोरिज र सोनचिडियामा काम गरेकी छन् । पहिलो फिल्ममा मोटी श्रीमतीको भूमिका निभाएकी भूमिले ट्वाइलेट एक प्रेम कथामा आफ्नो वजन घटाएर चर्चामा आएकी थिइन् । उनले पहिलो फिल्ममै बेस्ट डेभ्यु अभिनेत्रीको अवार्ड जितेकी थिइन् भने ट्वाइलेट एक प्रेम कथाका लागि भारतको दादा साहेब फाल्के फिल फाउन्डेसन अवार्ड जितेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार