शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बौद्ध क्षेत्र तनावग्रस्त, प्रहरी र स्थानीयबीच झडप

बिहिबार, बैशाख २६ २०७६

काठमाडौं, २६ वैशाख । चावहिल–बौद्ध–जोरपाटी सडकखण्ड छिट्टै पिच गर्न माग गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो धुलोमुक्त बनाउ भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प भएपछि खुलाउन प्रहरीले बल प्रयोग गरेको हो ।

बिहीबार पनि सङ्घर्ष समितिले चाँडो कालोपत्रे गर्न मागसहित चुच्चेपाटी जोरपाटी क्षेत्रमा सडक अवरुद्ध नै गरेको थियो । उनीहरुले सडकमा टायर बालेर प्रर्दशन गरेका छन् । झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार