शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

विद्यार्थी राजनीतिमा होमिएका युवाहरुको लेकसाइडमा होटल मोर्डन देवदर्शन ईन संचालनमा

मंगलबार, बैशाख २४ २०७६

पोखरा(जस) पोखरा महानगरपालिका वडा नं ६, खहरेचोक लेकसाइडमा होटल मोर्डन देवदर्शन ईन प्रा.लि संचालनमा आएको छ । विद्यार्थी राजनीतिमा होमिएका युवाहरुले होटल सञ्चालनमा ल्याएका हुन् । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य नरेश रोकाया, त्रिचन्द्र कलेजका अनेरास्ववियुका उपाध्यक्ष सुनिल कँडेल र्र सुनिल श्रेष्ठको संयुक्त लगानीमा होटल सञ्चालनमा आएको हो ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले सोमबार होटलको उद्घाटन गरेका हुन् । राजनीतिलाई मर्यादित र व्यवस्थित बनाउन उत्पादनसँग जोडिनुपर्ने पहारीले बताए । ‘पर्यटन विकास र समृद्ध नेपालको अभियानमा युवा विद्यार्थीहरुको योगदान हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि पर्यटन क्षेत्रमा युवाहरुको लगानी बढ्नु सकारात्मक छ ।’

राजनीति पेशा नभएर समाजसेवा रहेकाले व्यक्तिगत जीवनलाई समयानुकूल अघि बढाउन उत्पादनसंग जोडिनको लागि सामाजिक काममा खटिरहदा प्राप्त हुने फुर्सदको समयलाई व्यवसायमा दिनेगरी होटल संचालनमा ल्याएको संचालक नरेश रोकायाले बताए । होटलमा सुविधा सम्पन्न १५ वटा कोठा रहेको उनले बताए । ‘३ वटा अपार्टमेन्ट छ,’ उनले भने । होटलबाट शान्त वातावरणमा फेवा तालको रमणीय दृश्य हेर्न मिल्ने गरी सम्पूर्ण कोठाहरुमा डिजाइन गरिएको संचालक सुनिल कँडेलले बताए । होटलमा पर्याप्त पार्किङ, रेस्टुरेन्ट र बारको सुविधा रहेको अर्का संचालक सुनिल श्रेष्ठले बताए ।

करिब ४० जना अट्ने मिनी सेमिनार हल सहितको उक्त होटलमा १ करोड रुपैयाँ लगानी भएको संचालक सुनिल कँडेलले बताए । होटलले घुम्न आउने विद्यार्थीहरुका लागि विद्यार्थी परिचयपत्रका आधारमा लजिंङ सेवामा १० प्रतिशत छुटको योजना समेत ल्याएको छ । यो सेवा सधैं लागू हुने बताइएको छ । जसले गर्दा विद्यार्थीहरुका लागि केही हदसम्म सुविधा पुग्ने सञ्चालकहरुको विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार