मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक म्यानचेस्टर सिटी

मंगलबार, बैशाख २४ २०७६

काठमाडौं, २४ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ । साेमबार रातिको खेलमा म्यानचेस्टर सिटीले १–० गोल अन्तरले लेस्टरसिटी विरुद्ध जित निकाले पछि उपाधि होड रोमाञ्चक बनेको हो ।

सिटी जीत पछि तालिको शीर्ष स्थानमा फर्किएको छ भने दोस्रो स्थानमा रहेको लिभरपुल १ अंकले पछि छ ।

सिटीले तालिकामा ९५ अंक पुर्‍याउँदा लिभरपुलको ९४ अंक छ । गएको सिजन १०० अंकका साथ लिग जितेको सिटीले यस पटक भने अन्तिम खेलमा सिटीले जित हात पारे ९८ अंकका साथ लिग जित्ने छ ।

प्रिमियर लिगको अन्तिम खेलमा सिटीले १७ औं स्थानको ब्राइटन र लिभरपुलले सातौं स्थानको उल्भर ह्याम्पटनसँग खेल्ने छ ।

अन्तिम खेलमा सिटी विजयी भए सहजै उपाधि जित्ने छ भने बराबरी भएको खण्डमा र लिभरपुल विजयी भए उपाधि लिभरपुलको कब्जामा जाने छ ।

सिटीलाई साेमबारकाे खेलमा स्पष्ट तीन अंक दिलाउन ७० औं मिनेटमा कोम्पनीले गोल गरेका थिए । उनको गोलसँगै सिटी लगातार दोस्रो पटक उपाधि जित्ने अभियानमा अघि बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार