शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रेम गीत ३’ मा प्रदीपसँग रोमान्स गर्न नायिकाको अडिसन खुल्यो

सोमबार, बैशाख २३ २०७६

काठमाडौं(जस)–सुपरहिट लभस्टोरी फिल्म ‘प्रेमगीत’ को तेस्रो पार्टको छायांकन सुरु हुनुभन्दा अगाडी नै प्रदर्शन मिति घोषणा गरिएको थियो । आउदो चैत २८ गते प्रदर्शन हुने चलचित्र ‘प्रेम गीत ३’ मा प्रदिप खड्काको नायिकाको लागि अडिसन आव्हान गरिएको छ । निर्माता सन्तोष सेनले के विज्ञप्ति जारी गर्दै फिल्मको मुख्य नायिका नयाँ नायिका लिने घोषणा गरेका हुन् । उनले भनेका छन्, ’ प्रेम गीत ३ को मुख्य अभिनेत्रीका लागी हामीले अडिसनबाटै एकजना राम्रो अभिनेत्री चलचित्र उद्योगमा प्रबेश गराउने सोंच राखेका छौं । सोहि अनुसार हामीले आधिकारिक रुपमा एकजना अभिनेत्रीको लागी अडिसन आह्वान गरेका छौं ।’
आवेदन कसरी दिने ?
आसुसेन फिल्मको ब्यानरवाट निर्माण हुने यो चलचित्रका लागी इच्छुकहरुले संसारभरबाट अडिसनमा सहभागी हुन सक्नेछन् । उहाँहरुले धधध।बबकगकभलाष्mिक।अयm मा गएर फारम भर्न सक्नुहुनेछ अथवा आसुसेनको ईमेल स् ाष्mिकबबकगकभल२नmबष्।िअयm मा पनि सम्पर्क गर्न सक्नेछन् । हालै खिचेका ४ वटा स्पष्ट अनुहार देखिने तस्विरसहित उहाँहरुले आफ्नो बायोडाटा पठाउनुपर्नेछ । अभिनेत्री बन्न चाहनेहरुको उचाई ५.२ देखी ५.७ सम्म हुनुपर्नेछ । १८ बर्षभन्दा माथि र २५ बर्ष नपुगेको हुनुपर्नेछ ।
कसरी छानिनेछ अभिनेत्री ?
आवेदन आइएसकेकाहरुमध्ये २० जना फाइनल अडिसनका लागी छान्नेछौं । उहाँहरुमध्येबाट एकजना मुख्य अभिनेत्री छनौट गर्नेछौं ।इच्छुकहरुले आगामी जेठ १० सम्म सम्पर्क गरिसक्नुपर्नेछ । फिल्मको प्रदर्शन मिति यस वर्षको अन्तिम महिनाको अन्तिम हप्ता अर्थात् चैत २८ गतेलाई लक गरिएको छ । दुई सिरिजको सफलतापछि निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ निर्माण गर्न लागेका हुन् । यस फिल्मको दोस्रो सिरिजमा उनको पनि प्रमुख भूमिका थियो । तेस्रो पार्टमा भने उनी निर्देशकको रुपमा भित्रिएका छन् । अभिनय चाहिँ रहने(नरहने खुलाइएको छैन । उनीसँगै फिल्मलाई डमरुको डण्डीबियो’ फेम्ड निर्देशक छेतन गुरुङले पनि निर्देशन गर्दैछन् । यसको कथा छेतनकै रहेको छ । ‘प्रेमगीत’ को पहिलो सिरिजबाट स्टारको रुपमा उदाएका प्रदीप खड्का फेरि प्रेमको भूमिकामा देखिँदैछन् । यस फिल्मको अघिल्लो दुई सिरिजमा उनी नै प्रमुख भूमिकामा थिए । फिल्ममा प्रदीपको अपोजिटमा नायिका पनि फाइनल भइसकेको बताइएको भएपनि निर्माण टिमले आधिकारिक रुपमा नाम सार्वजनिक भने गरेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार