मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

वान डे क्रिकेटमा वेस्टइन्डिजका क्याम्पबेल र होपले बनाए नयाँ रेकर्ड

सोमबार, बैशाख २३ २०७६

वेस्टइन्डिजका ब्याट्सम्यानहरू जोन क्याम्पबेल र शाही होपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा साझेदारीको नयाँ रेकर्ड बनाएका छन्।बंगलादेश, आयरल्याण्ड र वेस्ट इन्डिजबीच जारी त्रिदेशीय श्रृंखलाअन्तर्गत आइतबार भएको आयरल्याण्डविरूद्धको खेलमा यी ब्याट्सम्यानले पहिलो विकेटका लागि ३६५ रनको साझेदारी गरेका हुन्। उक्त साझेदारीका लागि क्याम्पबेलले १३७ बलमा ६ छक्कासहित १७९ र होपले १५२ बलमा १७० रन हाने।

यसअघि सन् २०१७ मा महिला क्रिकेटमा भारतकी पुनम राउत र दिप्ती शर्माले आयरल्याण्डविरूद्ध नै ३२० रनको साझेदारी गरेकी थिइन्।पुरूष क्रिकेटमा पाकिस्तानका इमाम उल हक र फकर जमनले २०१८ मा जिम्बाबेविरूद्ध ३०४ रनको साझेदारी गरेका थिए।हिजोको खेलमा वेस्ट इन्डिजले ३ विकेट गुमाएर आयरल्याण्डलाई ३८२ रनको लक्ष्य दिएको थियो। ३४।४ ओभरमा आयरल्याण्डका सबै विकेट गुमेपछि वेस्ट इन्डिज १९६ रनले विजयी भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार