मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लिग चरण सकिएर प्लेअफको समीकरण पूरा

सोमबार, बैशाख २३ २०७६

काठमाण्डौं (जस) इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लिग चरण सकिएर प्लेअफको समीकरण पूरा भएको छ । प्रत्यक टिमले १४ खेल पूरा गरेका छन् । मुम्बइ इण्डियन्स, चेन्नइ सुपर किंग्स, दिल्ली क्यापिटल्स प्लेअफमा पुग्न सफल भएका छन् । शीर्ष तीनवटा टिमको समान १८ अंक छ । आइतबार जित हात पारेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ भने चेन्नइ पञ्जाबसँग पराजित भएका कारण दोस्रो सथानमा झरेको छ ।

दिल्ली क्यापिटल्स भने इलिमिनेटर खेल्ने भएको छ । जम्मा १२ अंक बनाएर प्लेअफमा पुग्न सफल अर्को टिम हो, सनराइजर्स हैदरावाद । कोलकाता नाइट राइडर्स मुम्बइ इण्डियन्ससँग पराजित भएपछि सनराइजर्स हैदरावादको भाग्य चम्किएको हो । उसले कोलकातालाई रनरेटमा पछि पार्दै प्लेअफको मौका पायो ।

लिग चरणको अन्तिम खेलमा मुम्बइले कोलकातालाई नौ विकेटको भारी अन्तरले हरायो । उसले २० ओभरमा सात विकेट गुमाउँदै १३३ रन बनाएको थियो । जसलाई मुम्बइले १६।१ ओभरमै एक विकेटको क्षतिमा प्राप्त गर्‍यो ।

मुम्बईका लागि क्वीन्टन डिककले ३०, रोहित शर्माले अविजित ५५ र सूर्यकुमार यादवले अविजित ४६ रनको योगदान दिए ।अव अंक तालिकामा तेस्रो रहेको दिल्ली क्यापिटलले बुधवार सनराइजर्स हैदरावाद संग इलिमिनेटर खेल खेल्नेछ भने चेन्नइ सुपर किंग्स र मुम्वई इण्डियन्सले भोली फाईनलमा पुग्नको लागी प्रतिस्पर्धा गर्दै छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार