शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रसियन विमानमा आगलागी, ४१ जनाको मृत्यु

सोमबार, बैशाख २३ २०७६

मस्को । रसियाको यात्रु विमान मस्को विमानस्थलआमा आगलागी हुदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।

रुसको सरकारी मिडियाका अनुसार कुल ७८ जना यात्रु रहेको विमानमा ३७ जना भने सकुशल रहेका छन् ।

सामाजिक संजालमा सार्वजनिक भएका भिडियोमा विमानको पछाडी आगो लागिरहेको बेला ल्याण्ड गरेको देखिएको छ । कालो धुवासहितको विमान आपतकालीन ल्याण्ड गरेको थियो । सुपरजेट-१०० विमान मस्कोबाट शेरमेत्येवो जादै थियो ।

विमानले उडीसकेपछि प्राविधिक गडबडीले फेरी विमानस्थलमा फर्किने क्रममा आगो लागेको विमान कम्पनी एयोरफ्लोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार