काठमाडौं । पूर्व सांसद् गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो बच्चालाई वेवारिसे छोडेको आरोपमा ललितपुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोप उनिमाथि लागेको छ । प्रहरीले दिएको जानकारी अनुसार भर्ना गरिएको बच्चालाई अस्पतालले वेवास्ता गरेको भन्दै शाहले बच्चालाई अस्पतालमै छोडेर हिंडेकी थिइन् ।