काठमाडौं, २२ वैशाख । लिग च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा लज्जास्पद हार ब्यहोरेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–० ले पराजित भएको हो ।
सेल्टाका लागि म्याक्सी गोमेज र इगो एस्पासले एक एक गोल गरे ।
खेलको ६७ औ मिनेटमा गोमेजले गोल गर्दै सेल्टालाई सुरुवाती अग्रता दिलाए । ८८ औ मिनेटमा एस्पासले पेनाल्टीमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
हारसँगै बार्सिलोनालाई अंकतालिका कुनै प्रभाव परेको छैन । यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाको ४६ खेलबाट ८३ अंक रहेको छ । सेल्टा ४० अंक जोडेर १४ औं स्थानमा उक्लिएको छ ।