मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

आइपीएलमा आरसिबीसँग पराजित भएसँगै हैदरावादको ‘प्लेअफ’मा पुग्ने सम्भावना कमजोर

आइतबार, बैशाख २२ २०७६

काठमाडौं, २२ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लिग चरणका खेलहरु आइतबार (आज) सकिँदैछन् ।

आजका खेलहरुपछि ‘प्लेअफ’मा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ ।

आज किंग्स इलेभेन पन्जाब र चेन्नाई सुपर किंग्स भिड्दा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससित खेल्नेछ ।

यसअघि, शनिबार रातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसित पराजित भएपछि सनराइजर्स हैदरावादको प्लेअफमा पुग्ने सम्भावना कमजोर भएको छ ।

खेलमा बैंग्लोरले हैदरावादलाई ४ विकेटले हराएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार