बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ बनाउन काँग्रेसको संशोधन प्रस्ताव दर्ता

शनिबार, बैशाख २१ २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गरेको छ । संसद सचिवालयमा शनिबार दर्ता गरिएको संशोधन प्रस्तावमा सम्बोधनका क्रममा राष्ट्रपतिले उल्लेख गरेको ‘मेरो सरकार’ को सट्टा ‘नेपाल सरकार’ हुनुपर्ने प्रस्ताव गरिएको छ । संशोधन प्रस्तावमा बुँदा नम्बर (३) देखि (२१५) सम्म बिभिन्न बुंदामा सरकारलाई ‘मेरो सरकार’’ भनि लेखिएको सट्टा नेपाल सरकार भनि संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ ।
साथै प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार माथि हस्तक्षेप गरि संघियता कम्जोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु प्रस्तावित गरेको तथा विधमान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टता सहित सुशासन विकास र समृद्धिको आकांक्षा पुरा गर्न सक्ने कार्यक्रमगत प्रष्टता नभएको कारणले समग्र मै संशोधनका सबै बुंदामा फेरबदल गरि बार्षिक नीति तथा कार्यक्रम संशोधन गर्न काँग्रेसले सूचना पेश गरको उल्लेख गरिएको छ । संशोधन प्रस्तावमा नेपली काँग्रेसका २४ सांसदहरुको हस्ताक्षर रहेको छ ।
लोकतान्त्रिक शासन व्यवस्थामा आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु प्रस्तावित गरेको तथा विद्यामान परिस्थितिमा आवश्यक नीतिगत प्रष्टता सहित सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कार्यक्रमगत प्रष्टता नभएको भन्दै नीति तथा कार्यक्रम सबै बुँदामा वार्षिक नीति तथा कार्यक्रम संशोधनका लागि सूचना पेश गर्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठकपछि बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकमा सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको भन्नेमा एकमत रहेको बताए । उनले २ सय बँुदाभन्दा लामो काल्पनिक निवन्धको रुपमा नीति तथा कार्यक्रम आएको भन्दै स्पष्ट कार्यक्रम आउन नसकेको बताए । बैठकमा राष्ट्रपतिले अघिल्लो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकार, यो सरकारले भन्ने गरेकोमा यो पटक मेरो सरकार भन्नुको तात्पर्य कतै प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई कार्यकारी अधिकार दिन खोजेको त हैन भन्ने आशंका उब्जिएको नेता खाँणले बताए ।
काङ्ग्रेसले उपरोक्त कारणले समग्रमै संशोधनका सबै बुँदामा फेरबदल गरी वार्षिक नीति तथा कार्यक्रम संशोधन गर्न सूचना पेश गरेको जनाएको छ । सांसदहरु बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, पुष्पा भुसाल, अतहर कमाल मुसलमान, पदमनारायण चौधरी, रामबहादुर विष्ट, सञ्जयकुमार गौतम, मानबहादुर विश्वकर्मा, जिपछिरिङ लामा, दीलेन्द्रप्रसाद बडु, डिला सङ्ग्रौला, दिव्यमणि राजभण्डारी, पार्वता डिसी चौधरी, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, मिना सुब्बा, रङ्गमती शाही, विमला नेपाली, लक्ष्मी परियार, सरवत आरा खानम हलवाइनी, प्रकाश रसायली, मीना पाण्डे, सुजाता परियार र मिनाक्षी झाको तर्फबाट संशोधन दर्ता गराइएको हो । संसदीय दलको बैठकमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. स्वर्णिम वाग्ले, डा. गोविन्दराज पोखरेलले नीति तथा कार्यक्रमको समीक्षा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार