मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

हङकङमा केएमई फाइनान्सको अर्थमन्त्री खतिवडाद्धारा उद्घाटन

बुधबार, बैशाख १८ २०७६

काठमाडौं(जस)–हङकङका नेपाली व्यवसायीहरुले संचालनमा ल्याएको केएमई फाइनान्स तथा रेमिटेन्सको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन् । हङकङ भ्रमणमा रहेका मन्त्री खतिवडाले जोर्डनस्थित सिभिक कमर्सियल बिल्डिङको १४ औं तलामा कार्यालय रहेको केएमई फाइनान्स तथा रेमिटेन्सको बुधबार उद्घाटन गरेका हुन् ।

एक करोड हङकङ डलर जारी पूँजी रहेको केएमईको अध्यक्ष टीका गुरुङ रहेकी छन् । उनी एनआरएन हङकङकी अध्यक्ष पनि हुन् । सञ्चालक समितिमा गुरुङ लगायत कृष्ण पाण्डे, कविता गुरुङ, जोना श्रेष्ठ, गोकर्ण ढकाल सहित ५ जना छन् ।

पचास जना शेयरधनी रहने यो फाइनान्सको अन्तिम किस्ता अर्को एक महिनाभित्र उठिसक्ने जनाइएको छ । फाइनान्सले व्यक्तिगत कर्जा, आवास कर्जा तथा व्यापारिक कर्जा उपलब्ध गराउने जनाइएको छ । हङकङका नेपाली तथा चिनियाँ समुदायलाई लक्षित गरि खोलिएको यो फाइनान्सबाट रेमिट्यान्स कारोवार पनि गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार