शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आरजु भइन् किड्स क्यापिटल

बुधबार, बैशाख १८ २०७६

काठमाडौं(जस)–बाल बालिकाहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल २०७६’को उपाधि आरजु श्रेष्ठले जितेकी छिन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मस्ले आयोजना गरेको उक्त प्रतियोगितामा जुनियरतर्फ अनमोल खड्का, स्पन्दन तामाङ तथा मइसा थापाले क्रमशः फस्ट, सेकेण्ड तथा थर्ड रनर्स अपको उपाधि जित्न सफल भए ।
सिनियरतर्फ अर्पिया लामाले फस्ट रनर्स अप, पार्थ कोइरालाले सेकेण्ड रसर्न अप तथा अनुष्का खड्काले थर्ड रनर्स अपको उपाधि जिते । काब्या अधिकारी तथा आरजु श्रेष्ठले मोस्ट ट्यालेन्टेडको उपाधि जितेको उक्त प्रतियोगितामा कलश श्रेष्ठले भ्युअर्स च्वाइस अवार्ड, परिष्ना बास्तोलाले मोस्ट पपुलर (एसएमएस) को उपाधि जितिन् भने अभिन्न सुवेदीले मोस्ट पपुलर (इन्टरनेट) को उपाधि जिते ।
प्रतियोगिताका अन्य उपाधितर्फ अल्मा तामाङले मोस्ट डिसिप्लिन, सुरक्षँ राईले बेस्ट स्माइल तथा परिष्ठा श्रेष्ठले बेस्ट परफमरको उपाधि जित्न सफल भए । चलचित्र निर्देश्ँक सुरज चन्द ठकुरी, निर्देश्ँक तथा कोरियोग्रँफरु प्रदिप खड्गी, निर्देश्ँक तथा अभिनेता रोशन कुमार, अभिनेत्री तथा मोडल ऋचा थापा, कोरियोग्रँफर नरेशबीर सिंह प्रतियोगितामा निर्णायक रहेको थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार