मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

वर्षाले खेल रद्ध भएपछि विराटको बैंगलोर आइपिएलबाट बाहिरियो

बुधबार, बैशाख १८ २०७६

काठमाडौं(एजेन्सी)–आइपिएल अन्तर्गत राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल रद्ध भएपछि दुवै टिमले एक एक अंक बाडेका छन् । गएराती बर्षका कारण ढिलो गरि शुरु भएको खेल ५(५ ओभर खाइएको भएपनि सो खेल बर्षाले फेरी रोकिए पछि रद्ध गरिएको थियो । ५ ओभरको खेलमा बैंगलोरले पहिला ब्याटिंग गर्दै ५ ओभरमा ७ विकेट गुमाउदै ६२ रन बनाएको थियो । जसमा बैंगलोरका कप्तान वीरत कोहलीले सर्वा्धिक २५ रन बनाए भने एबीडिभिलीयर्सले १० रन बनाएका थिए ।

यस खेलमा राजस्थानका बलर श्रेयस गोपालले ह्याट्रिक लिएका थिए । एक ओभर बलिङ गरेका गोपालले वीरत कोहली एबी डिभिलीयर्स र मार्कोस स्टोइनिसलाई आउट गरेका थिए । ५ ओभरमा ६३ रनको लक्ष्य पाएको राजस्थानले ३.२ ओभरमा एक विकेट गुमाएर ४१ रन बनाउदा खेल वर्षाले रोकिएको थियो । खेल रोकिएपछि रद्ध गरिएको थियो ।

खेल रद्ध भएर अंक बाँडेपछि रोयल च्यालेन्जर्सको यस सिजनको आइपिएल समुह चरणबाटै सकिएको छ । १३ खेल खेलेको बैंगलोरको ४ जित, ८ हार र एक बराबरीसहित ९ अंक छ भने अंक तालिकामा पुछारमा रहेको छ । यस आइपिएलको समुह चरणमा बाहिरिने बैंगलोर पहिलो टिम बनेको छ । त्यस्तै राजस्थानको समेत प्लेअफमा पुग्ने संभवाना लगभग सकिएको छ । राजस्थानले १३ खेलमा ११ अंक छ भने अब एक खेल दिल्ली क्यापिटल्ससँग खेल्न बाँकी रहेको छ । अन्तिम खेल जितेमा पनि राजस्थानको अंक १३ हुने छ । ाइपिएल अन्तर्गत आज शिर्ष दुई स्थानमा रहेका दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्स बीच खेल हुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार