काठमाडौं, १८ बैशाख । आइपिएल अन्तर्गत आज शिर्ष स्थानमा रहेका दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्सबीच खेल हुदै छ । नेपाली समयअनुसार साँझ सवा ८ बजे सुरु हुने खेल चेन्नईको घरेलु मैदानमा हुदै छ । प्लेअफमा पुगेका दुवै टिम यो खेल जितेर शिर्ष स्थानमा रहदै प्लेअफ खेल्न चाहन्छन् ।
अहिलेसम्म खेलेका खेलमा दिल्ली क्यापिटल्सले १२ खेलमा ८ जित हासिल गरेको छ भने ४ खेलमा हार बेहोरेको छ । दिल्ली १६ अंकसहित अंकतालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै चेन्नई सुपर किंग्स १२ खेलमा ८ जित सहित १६ अंक लिएर नै दोस्रो स्थानमा रहेको छ । समान अंक भएपनि रनरेटका आधारमा दोस्रो स्थानमा रेहेको छ ।
दिल्लीले पछिल्ला तीन खेलमा बैंगलोर, राजस्थान र पंजावलाई पराजित गरेर चौथो खेल खेल्दै छ भने चेन्नईले पछिल्ला तीन खेलमा मुम्बई र बैंगलोरसँग पराजति बह्येको थियो भने हैदरावादसंग जित हासिल गरेको थियो ।
दिल्ली र चेन्नईबीच अहिलेसम्म भएका १८ खेलमा चेन्नईले १३ खेलमा जित हासिल गरेको छ भने दिल्लीले ६ खेल जितेको छ ।
आजको खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनी खेल्ने नखेल्ने अझै टुंगो लागेको छैन । धोनी खेल्ने बारे टस अगाडी निर्णय हुने बताइएको छ ।
दिल्लीबाट खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा अहिलेसम्म ६ खेल खेल्दै ८ विकेट लिएका छन् । सन्दीपले खेलेको पछिल्लो खेलमा अलि महँगो साबित भएका थिए भने विकेट पनि लिन सकेका थिएनन् । सन्दीपले ३ ओभरमा ३६ रन दिएका थिए ।
यद्यपी दिल्लीले खेल सजिलै जितेको थियो । यस खेलमा पनि सन्दीप खेल्ने सम्भावना रहेको छ । चेन्नईमा हुने खेलमा दिल्लीले पछिल्लो खेलमै खेलेका खेलाडीलाई दोहोराउने सम्भावना रहेको छ ।
दिल्लीका लागि कागीसो रबाड़ाले प्रतियोगितामा अहिलेसम्म १२ खेलमा २५ विकट लिएका छन् भने यस सिजनमा धेरै विकेट लिने खेलाडी हुन् । त्यस्तै क्रिस मोरिसले १२ विकेट लिएका छन् भने अक्सर पटेल र सन्दीप लामिछानेले ८-८ विकेट लिएका छन् । त्यस्तै शिखर धवनले अहिलेसम्म १२ खेलमा ४५१ रन बनाएका छन् भने यस सिजनमा धेरै रन बनाउने खेलाडीको सुचिमा चौथो स्थानमा रहेका छन् ।
त्यस्तै चेन्नईका लागि महेन्द्र सिंह धोनीले १० खेल खेल्दै ३१४ रन बनाएका छन् यद्यपी धोनी यस खेलमा खेल्ने नखेल्ने टुंगो रहेको छैन । त्यस्तै चेन्नईका लागि इमरान ताहिरले १२ खेलमा १७ विकेट लिएका छन् भने यस सिजनमा धेरै विकेट लिने बलरको सुचिमा तेस्रो स्थानमा रहेका छन् । त्यस्तै दिपक चहरले १५ विकेट लिएका छन् ।
दिल्लीको सम्भावित प्लेइङ ११ : श्रेयस अयर (कप्तान), शिखर धवन, पृथ्वी शा, रिसभ पन्त, कोलिन इन्ग्राम, अक्सर पटेल, इशान्त शर्मा, शेर्फान रुथरफोर्ड, कागीसो राबडा, सन्दीप लामिछाने र अमित मिश्रा ।