आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या, आजै स्वदेश फर्किंदै

बुधबार, बैशाख १८ २०७६

काठमाडौं, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि स्वदेश फर्किदैँछिन् । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेकी भण्डारी बुधबार स्वदेश फर्किन लागेकी हुन् ।

भण्डारी गत बुधबार चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन चीन गएकी थिइन् ।
साताव्यापी भ्रमणमा गएकी भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि भ्रमण तालिकाभन्दा एक दिन अगाडि स्वदेश फर्किन लागकोे राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट आज बिहान साढे १० बजे स्वदेश आइपुग्नुहुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार