शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

दमन भए आन्दोलन थप चर्किन्छ – कमल थापा

बिहिबार, चैत्र २८ २०७५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाको शान्तिपूर्ण आन्दोलनलाई सरकारले दमन गरे आन्दोलनलाई थप उत्कर्षमा पुर्याउने बताएका छन् ।

देशब्यापी स्थानीय निकायमा दिईएको धर्नाको क्रममा आज काठमाडौं महानगरपालिकामा धर्ना कार्यक्रममा बोल्दै थापाले आन्दोलनको क्रममा भएको प्रशासनिक दमनको घोर भत्सर्ना गरे ।

दमनबाट समस्याको समाधान हुदैन भन्ने बिगतबाट पाठ सिक्नुपर्छ,न जङ्गलबाट राजतिनिक समस्याको हल हुन्छ न दमनबाट भन्दै थापाले भने ” बार्ता र सहमतिका साथ प्रजातान्त्रिक बिधीबाट हाम्रोमाग पूरा गरियोस्, दमन भए भागेर जादैनौ,संघर्षलाई थप उचाईमा पुर्याउछौ” ।

मुलुकमा तीब्र बढेको भ्रष्टाचार र ब्रम्हलुटको थापाले व्यापक बिरोध गरे । उनले बाईडबाढी जहाज काण्ड, सुन काण्ड, बिदेशीमा लुकाइराखेको सम्पत्ति काण्ड र अहिले आएको जग्गा काण्डले सरकार भ्रष्टाचारको संरक्षक जस्तो देखिएको बताए । हिजो बन्दुक बोक्नेहरु मलेसिया र अरबमा रगत पसिना बगाउन बाध्य हुने बन्दुक बोक्न लगाउनेहरु अरबपती भएको उनको टिप्पणी थियो ।

कार्यक्रममा नेताहरु भुवन पाठक, कुन्ती शाही , प्रकाश रिमाल, महेश सिंह , हिक्मतसिह भण्डारी , कृष्ण बहादुर बज्राचार्य लगायतले बोलेका थिए ।

आगामी बैशाख ६ गते धर्म निरपेक्षता लेखिएको ब्यानर जलाउने र ८ गते राजमार्गमा दुई घण्टे सत्याग्रह कार्यक्रम रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार