काठमाडौँ । नेपाली सेनको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायक रथी विज्ञान देव पाण्डेले सम्हालेका छन् ।
सहायक रथी यामप्रसाद ढकालले जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच सहायक रथी पाण्डेलाई कार्यभार हस्तान्तरण गरेका हुन् ।
सहायक रथी पाण्डेको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगतको सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।