काठमाडौं / प्रहरीले त्रिभुवन विमानस्थलबाट तीन केजी तीन सय ग्राम सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
चीनको कुनमिङबाट चाइना इस्टर्न एयरलाइन्स हुँदै काठमाडौं आएका उनीहरुलाई विमानस्थलमा जाँचका क्रममा सुन बरामद भएको प्रहरीले जनाएको छ।
यसअघि गत साता त्रिभुवन विमानस्थलबाटै करिब ६ केजी सुनसहित भारतीय नागरिक पक्राउ परेका थिए।