काठमाडौं । सरकारले पाँच विकास क्षेत्रअन्तगर्त रहेका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद बैठकले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेका कार्यालय खारेज गरेको हो ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले पाँच क्षेत्रीय प्रशासन कार्यालय खारेज गरिएको जानकारी दिएका छन् ।
प्रवक्ता बास्कोटाका अनुसार खारेज गरिएका कार्यालयका सम्पत्ति सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई हस्तान्तरण गरिनेछन् ।