शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

वैदेशिक रोजगार बिभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसालको पदबहाली

बुधबार, चैत्र २७ २०७५

काठमाडौं(जस)– वैदेशिक रोजगार बिभागको महानिर्देशकमा डा. भीष्मकुमार भुसालले पदबहाली गरेका छन् । यसअघिका महानिर्देशक दिलिपकुमार चापागाई बैशाख १५ गते अवकास हुने भएपछि विदामा बसेका कारण नियुक्त भएका भुषालले मंगलवार विभागको कार्यालय बुद्धनगरमा महानिर्देशकको पदवहाली गरेका हुन् । महानिर्देशकमा पदबहाली गर्दै भुषालले विदेशमा रहेका करिब ४३ लाख नेपाली दाजुभाइ दिदीबहिनीहरुको पीडा सुन्ने जिम्मेवारी आइपरेको बताउँदै वैदेशिक रोजगारीको क्रममा ठगिएका तथा दुख पाएका दाजुभाइ दिदीबहिनीहरुको दुखमा मलहमपट्टी लगाउन आफु र आफ्नो टीमले कुनै कसर बाँकी नराख्ने बताए । ‘यद्यपि सीमित जनशक्ति तथा स्रोतसाधनले बाँधिएको हुँदा यहाँहरुले अपेक्षा गरेजस्तो चमत्कारै गर्न सकिने अवस्था चाहीं छैन । तथापि हाम्रो सम्पूर्ण मन वचन र कर्म यहाँहरुको सेवामा लाग्नेछ । यस विभागमा मैले विकासका काम देखाउन सक्ने होइन । हिजोको भन्दा भिन्न चुनौती मेरा सामु छ’, भुषालले पदबहालीसँगै भने ।
नवनियुक्त महानिर्देशक डा. भुषालले विभागको सेवा प्रवाहमा सुधारका उपायहरुबारे आाफुलाई मेसेन्जरमा वा अन्य सञ्चारका माध्यमबाटसबैले सुझाव दिनसकिने उल्लेख गरे । ‘वैदेशिक रोजगार व्यवसायी मित्रहरु ! यहाँहरुको पेशागत मर्यादा र संस्थागत छवि सुधार गर्नका लागि यहाँहरुले विगतका गल्ती नदोहोराउनु होला । वैदेशिक रोजगारलाई मर्यादित पेशा र वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न हातेमालौ गरौं’, डा भुषालले वैदेशिक रोजगारी व्यवसायीहरुलाई चेतावनीको भाषामा आग्रह गरे ।
तत्कालीन महानिर्देशक भुवनप्रसाद आचार्य व्यवसायीक तथा सीप विकास तालिम केन्द्रमा सरुवा भएपछि रिक्त रहेको महानिर्देशकमा चापागाई गत साउन ३ गते महानिर्देशक नियुक्त भएका थिए । नवनियुक्त महानिर्देशक भुसाल भुकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशाशकिय अधिकृत रहेका थिए । तत्कालीन महानिर्देशक चापागाई अवकाश अघि नै विदा जाने भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा विभागको महानिर्देशकको जिम्मेवारी कसले पाउने भन्ने रस्साकस्सीबीच मन्त्री गोकर्णराज विष्टको आग्रहमा भुसाललाई विभागको जिम्मेवारी दिइएको बताइएको छ ।
वैदेशिक रोजगार व्यवसायमा विभिन्न समस्या र अहिलेको तनावपूर्ण अवस्थामा डा भुषालले विभागको जिम्मेवारी कसरी निर्वाह गर्छन भन्नेमा धेरैको जिज्ञासा छ । डा भुषालका अघि बिदेश जाने कामदारलाई चुस्त–दुरुस्त सेवा,पीडितलाई न्याय, व्यवसायीहरुसँग संयोजनकारी भूमिका तथा मन्त्रालयसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने चुनौती छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार