काठमाडौं (जस) / एनआरएनए अध्यक्ष भवन भट्ट, जनसवाल राष्ट्रिय दैनिकको सम्पादक रामजी बगाले, एनआरएनए आइसीसी सदस्य मनोज गोरखाली, एनआएनए मलेसियाको अध्यक्ष खगेन्द्र न्यौपाने, मानव अधिकार आयोग कतारको नेपाल संयोजक प्रा.मोहमद रमजान अलि मिया, नेपाल सरकारको प्रतिनिधि लगायतका विभिन्न व्यक्तित्वहरू मिलेर विश्व साइकल यात्री खागबहादुर खत्री (यस्मीन मामा) लाई विश्वभर साइकल यात्रा गर्दै विश्वभर शान्ति र भाइचाराको सन्देश फैलाउँन सफल भएको भन्दै एनआरएनए कार्यालय नेपालमा विशेष सम्मान गरे ।
साथै, खत्रीलाई विश्वभर साइकल यात्रा गर्दै विश्वभर शान्ति र भाइचाराको सन्देश फैलाउँन सफल भएको भन्दै मुस्लिम आयोगले समेत आयोगको कार्यालमा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा विशेष सम्मान गरे । मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले विश्वभर शान्तिको सन्देश बाढ्दै साइकल यात्रा गर्न सफल भएको भन्दै अबका यात्रामा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्दै शुभकामना प्रदान गरे ।
विश्वलाई शान्तिको सन्देश दिने र विश्वभर नेपाली माटोको सुगन्ध छर्ने अभियानमा विगत लामो समयदेखि निरन्तर सक्रिय अभियन्ता एवं शान्तिदुत विश्व साइकल यात्री खत्रीले विगतमा एसिया, युरोप र अफ्रिकाको प्रमुखदेशहरुमा आफ्नो सन्देश सहित सफल साइकल यात्रा गरिसकेका छन् ।
विश्व साइकल यात्रामा निस्कन यहाँलाई केले प्रेरित र्गयो भन्ने प्रश्नमा खत्रीले– मरेर लानु केही छैन, बरु बाँचुन्जेलको जीवनमा सत्कर्म अर्थात् पुण्य कर्म गरेर देशलाई केही योगदान पुराउन सकुँ भन्ने ठानेर देशप्ररेम, विश्व शान्ति, समानता र भाइचारा को मूल सन्देश बोकी विश्व साइकल यात्रामा निस्कियको हुँ । मलाई धरैले यत्रो मान्छे किन साइकलमा हिड्छस भनेर खिसी गर्छन् । तर म भन्ने गर्छु– नेपाल गरिब छ तर नेपाली मन धनी छ, नेपाली संस्कृति धनी छ, नेपाली प्रकृति धनी छ, नेपालको त्यही धनीपन विश्वमाझ चिनाउन पनि मैले साइकलमा विश्व यात्रा गर्नु पर्दछ भनेर निरन्तर आफ्नो लक्ष्यमा लागेको हुँ भने ।
उनले– “नेपाली हुनुमा मलाई यति गर्व लाग्छ– विश्वमा कहीँ नभएको संस्कृति र संस्कार हाम्रो देशमा छ । विश्व इतिहासमा कसैको पनि गुलाम नभएको एउटा देश नेपाल । गर्वले छाती फुलीन्छ । हिमाल हाम्रै देशमा, पहाड हाम्रै देशमा, तराई हाम्रै देशमा, हरियाली घना बन हाम्रै देशमा, हिमालको चिसो कलकलाउदो पानी हाम्रै देशमा, नदीनाला हाम्रै देशमा, सगरमाथा हाम्रै देशमा, बुद्ध हाम्रै देशमा । नेपाली धनीपनको बयान गर्न म असमर्थ छु । त्यसर्थ, यही हाम्रो धनीपन विश्वमा र्पुयाउन म साइकल यात्रामा छु” बताए ।
तपाईँको साइकल यात्राको मूल उद्देश्य चैँ के हो त भन्ने प्रश्नमा– “मेरो एउटै उद्देश्य भनेको विश्वभरका मानिसहरूबिच विश्व शान्ति र भाइचारा अभिवृद्धि गर्ने हो । आफ्नो देशको विभिन्न जाति, धर्म, पेसा, प्रकृति र भूगोलको कला र संस्कृतिलाई हृदयमा बोकेर विश्व शान्ति र मानवीय भाइचाराको सन्देश फैलाउनै नै मेरो मूलभूत उद्देश्य हो । नेपालको गौरवपूर्ण इतिहासलाई विश्वमा पु¥याउने र नेपाललाई शान्तिभुमीको रूपमा पर्यटन अभिवृद्धि गर्ने पनि मेरो उद्देश्य हो । संसारभरका मानिसहरू पैसाको निमित्त एकअर्का्बिच लडाइ लडिरहेको बेला शान्ति र भाइचाराको सन्देश मार्फत सबैमा प्रमभाव जागृति गराउने नै मेरो अन्तर उद्देश्य हो ।” बताए ।





