शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अर्घाखाँचीमा जीप दुर्घटना : तीन जनाको मृत्यु, १२ जना घाइते

सोमबार, चैत्र २५ २०७५

अर्घाखाँची । अर्घाखाँचीबाट प्युठान जादै गरेको यात्रुबाहक जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भएको छ । अर्घाखाँचीको सन्धिखर्कबाट खिल्जी हुँदै प्युठानको बरौला जाँदै गरेको जीप भुमिकास्थान नगरपालिका – ८ नुवाकोटको लात्तेमाजमा दुर्घट्ना हुँदा ३ जनाको मुत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो । लु १ ज १२२९ नम्बरको जिप दिउँसो २ बजे नुवाकोटको लात्तेबाँझको उकालोमा ब्रेक फेल भएपछि सडकबाट तल खसेको बताइएको छ ।

१४ सिट सवार जिपमा १८ जना यात्रु सवार रहेको बताइएको छ । घाइते ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको छ । जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार