बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

जेन ट्राभल्सको काठमाडौँ-अस्ट्रेलिया उडान सुरु

सोमबार, चैत्र २५ २०७५

काठमाडौँ / जेन ट्राभल्सले स्ट्रेलिया उडान आरम्भ गरेको छ। गत अप्रिल ८ तारिखबाट उडान आरम्भ गरको ट्राभल्सले हप्ताको
सातै दिन र चौबिसै घण्टा इमेल तथा फोनबाट सेवा प्रदान गर्दै आएको छ।

ट्राभल्सबाट सेवा लिन zentravels.com.au अन गर्नुपर्ने ट्राभल्सले जनाएको छ। अस्ट्रेलियाका यात्रुले यसै वेभसाइटका माध्यमबाट सम्पर्क गर्न सक्ने ट्राभल्सले जनाएको छ। नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीको सङ्ख्या दिनानुदिन बढिरहेको छ। सन् २०१९ को जनवरीमा अस्ट्रेलिया सरकारको एजुकेशन एन्ड ट्रेनिङ विभागका अनुसार नेपाली विद्यार्थी तेस्रो स्थानमा पर्दछन् । अर्थात् नेपाली विद्यार्थीको सङ्ख्या तेस्रो स्थानमा रहेको छ।

अस्ट्रेलियाका अनुसार झन्डै ५ लाखको हाराहारीमा विदेशी विद्यार्थी रहेकोमा त्यसको करिब ८ प्रतिशत विद्यार्थी नेपाली रहेका छन्। यसरी अस्ट्रेलियातर्फ विद्यार्थीको आकर्षण बढ्दै जाँदा सुरक्षित, भरपर्दो र विश्वासिलो यात्राको खोजी हुनु सामान्य हो। यसै विषयलाई दृष्टिगत गर्दै जेन ट्राभल्सले आफ्नो सेवा सुचारु गरको जनाएको छ । जेन ट्राभल्समा भिसा कार्ड, मास्टर कार्ड, अमेरिकन एक्सप्रेस वा सिधै बैँकबाट समेत रकम जम्मा गर्न सकिने ट्राभल्सले जनाएको छ।

थप जानकारीका लागि
जेन ट्राभल्स, अस्ट्रेलिया
फोन सम्पर्क : (०२) ८३११६६६०
इमेल : [email protected]
वेभसाइट : zentravels.com.au

प्रतिक्रिया
सम्बन्धित समाचार