तिलोचन गौतम
क्वालालम्पुर, मलेसिया – मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय एयरपोर्टमा काम गर्ने कामदार बोकेर एयरपोर्टतर्फ जाँदै गरेको स्टाफ बस दुर्घटनामा परेको छ। एयरपोर्ट नजिकै सेपाअङमा आइतबार साँझ दुर्घटना हुदा २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन ।
नेपाली , बाङ्लादेशि र इन्डोनेशियन कामदार चढेको गाडी एर्पोट नजिकै सेपाअङमा दुर्घटना भएको हो । दुर्घटनामा परि बर्दिया का रामु चौधरी र सर्लाहिका जगनाथ सिङ थारुको दुर्घटनामापरी मृत्यु भएको छ । र अन्य तीन जना आइसीयुमा गम्भीर अबस्थामा उपचाररत रहेका छ्न । अन्यलाई भने साधारण चोटपटक लागेको बताइएको छ । घटनाबोर थप विवरण आउन बाँकी छ ।





