एजेन्सी – म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई १–० गोलले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।
घरेलु मैदान वेम्बलीमा सिटीलाई जिताउन गाब्रियल जेसस नायक बने । जेससले खेलको तेस्रो मिनेटमा गरेको गोलनै सिटीको जितमा प्रयाप्त बन्यो । मध्यभागमा अधिकांश समय खेलमा पकट जमाएको सिटीले थप गोल गर्न भने सकेन । ब्राइटनले पनि राम्रा अवसर गुमाएको थियो ।
उपाधिका लागि सिटीले वल्भ्स र वाटफोर्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इङ्लिस प्रिमियर लिगमा भने सिटीले लिभरपुललाई पछ्याई रहेको छ । लिगको दोस्रो स्थानमा रहेको सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछि छ । ३३ खेल खेलेको लिभरपुलको ८२ अंक छ । एक खेल कम खेलेको सिटीको ८० अंक छ ।