आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

साओमीको ‘रेडमी नोट ७’ र ‘रेडमी ७’ मोबाइल नेपाली बजारमा

शनिबार, चैत्र २३ २०७५

काठमाडौं (जस)–साओमी मोवाइल कम्पनीले ‘रेडमी नोट ७’ र ‘रेडमी ७’ नेपाली बजारमा एकसाथ भित्र्याएको छ । उक्त मोवाइलमा ४८ मेगा पिक्सलको क्यामेरा रहेको छ । ती मोबाइल फोनमा(४८ एमपिको रियर क्यामेरा) उज्यालो कम हुँदा समेत उत्कृष्ट तस्बिर खिच्न सक्ने क्षमता रहेको छ । साथै, ब्याट्री समेत (४ हजार एमएएच) टिकाउ हुने किसिमको रहेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीले दाबी गरेको हो । फोन स्पेश ब्लाक, नेप्चुन ब्लू, नेबुला रातो गरी ३ रंगमा उपलब्ध छन् ।

रेडमी नोट ७
रेडमी नोट ७को ३ जिबी र्याम र३२ जिबि रोम भएको मोवाइलको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ पर्छ । यस्तै ४ जिबि यार्म र ६४ जिबि रोम भएको मोवाइलको २४ हजार ९ सय ९९ रुपैयाँ पर्छ । साथै,४ जिबि र्याम र १ सय २८ जिबि रोम भएको मोवाइल भने २६ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।

रेडमी ७
रेडमी ७ मोवाईल सेटको ७.२ जिबि र्याम र १६ जिबि रोम भएको मोवाईल १४ हजार ९ सय ९९ रुपैयाँ पर्छ । सोही मोवाईलको ३ जिबि र्याम र ३२ जिबि रोम भएको मोवाइललाई भने १६ हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । नेपालका लागि साओमीको तर्फबाट जेनेरल म्यानेजर रहेका शौरभ कौठारीले भने (‘ग्राहकको आवश्यकता अनुसार आफ्नो कम्पनीले गुणस्तर, मूल्य र प्रविधि मैत्री बन्न सो मोडेल भित्र्याएको हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार