बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

जाजरकोटको शिवालयमा सिभिल बैंकको शाखा

शनिबार, चैत्र २३ २०७५

काठमाडौं (जस)–सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरेका छन् । शाखा उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य शाहीले अहिलेपनि नेपालको कूल ४०५ जनताले मात्र बैकिङ्ग गर्ने र सो ४०५ भित्रको ४२५ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको र बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा वित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने बताए ।
स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गरे । सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ्ग युवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमूलक क्षेत्रको लगानीमा जोड दिने बताएको छ । साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने गुरागाईंले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार