सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भन्सारमा प्रभु बैंकको काउन्टर

शनिबार, चैत्र २३ २०७५

काठमाडौं (जस)–नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउन्टर खोली बैंकिङ्ग कारोबार गर्दै आएको छ । बैंकले हालै ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा काउन्टर खोली बैंकिङ्ग सेवा दिने बारे सम्झौता गरेको छ । सम्झौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर भएको छ ।
रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर र जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाख देखि बैंकको काउन्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्ने जनाएको छ । नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै आयात निर्यातमा बढोत्तरीका साथै राजस्व संकलनको आँकडामा बृद्धि हुनजाने बिश्वास बैंकको छ ।
बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिङ्ग सेवाहरु प्राप्त गर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बिश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार