शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एशियन लाईफको रक्तदान कार्यक्रम

शनिबार, चैत्र २३ २०७५

काठमाडौं (जस)–एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बाह«ौं वर्ष प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधान कार्यालय तथा देशैभर रहेका शाखा कार्यालयहरुमा विहिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौं मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा लायन्स क्लब अफ काठमाण्डौं चाबहिल सिटीको सहकार्यमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा कम्पनीको कर्मचारीसहित ८६ जनाले रक्तदान गरेका छन् ।

सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा ११० जनाको निःशुल्क मधुमेह परिक्षण समेत गरिएको छ । साथै कम्पनीको देशैभरको शाखा कार्यालयहरुमा समेत मिति २०७५ चैत्र २१ गते आयोजित रक्तदान कार्यक्रममा ५ सय २४ जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवकै अवसरमा सफलता एचआइभी शिक्षा सदन(बेबी लाईफ होम) किर्तिपुरमा अध्ययनरत एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार