काठमाडौँ(जस)–इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३–१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा खेलको अन्तिम १० मिनेटमा मोहमद सलाह र जोर्डन हेण्डरसनले एक एक गोल गरेका थिए । सलाहले खेलको ८०औ मिनेटमा गोल गर्दै लिभरपुललाई २(१ को अग्रता दिलाएका थिए भने हेण्डरसनले खेलको ८६औ मिनेटमा गोल गर्दै लिभरपुलको जित सुनिस्चित गरेका थिए ।
यसअघि खेलको छैठौ मिनेटमा शेन लंगले गोल गर्दै साउथहम्पटनलाई सुरुवाती अग्रता दिलाएपनि खेलको ३६औ मिनेटमा लिभरपुलका नाबी केइटाले गोल गर्दै खेल बराबरी गरेका थिए । जितपछि लिभरपुलको ३३ खेलमा ८२ अंकसहित लिगको शिर्ष स्थानमा उक्लिएको छ भने लिभरपुलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ८० अंकसहित दोस्रो स्थानमा रहेको छ । लिभरपुलएल अब अर्को खेल आगामी मंगलबार राती च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनलको पहिलो लिगमा पोर्टोसँग खेल्दै छ ।