आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

यू–१९ क्रिकेट टोली आज मलेसिया जाँदै

शनिबार, चैत्र २३ २०७५

काठमाडौं, २३ चैत । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगिता खेल्न नेपाली युवा टोली शनिबार मलेसिया जाँदैछ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली टोली आज अपरान्ह १ बजे मलेसिया जाने कार्यक्रम रहेको छ ।

नेपालले छनोटका लागि भारतको आन्ध्र प्रदेशमा विशेष प्रशिक्षण गरेका थिए ।

छनोटका लागि मुख्य प्रशिक्षक बिनोद दासले रोहित पौडेलको कप्तानीमा मंगलबार नै १४ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

अप्रिल १० देखि २० सम्म हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन रहेका छन् ।

नेपालले छनोटको पहिलो खेल १२ तारिखमा सिंगापुर विरुद्ध खेल्नेछ । त्यसपछि दोस्रो खेलमा युएईसँग, तेस्रो खेल मलेसियासँग, चौथो खेल युएईसँग र प्रतियोगिताको अन्तिम खेल कुवेतसँग खेल्नेछ ।

प्रतियागितामा शीर्ष स्थानमा रहने टोली युवा विश्वकपमा छनोट हुनेछ । दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ ।

नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान)

आसिफ शेख

पवन सर्राफ

सन्दीप जोरा

भिम सार्की

रित गौतम

कमल सिंह ऐरी

राशिद खान

सागर ढकाल

अभिषेक बस्नेत

कुशल मल्ल

हरि चौहान

प्रतिष जिसी

सुर्य तामाङ

वैकल्पिक खेलाडी

रभी कुमार साह

आकाश चन्द

लोकेश बम

शेर मल्ल

व्यवस्थापक

रमन सिवाकोटी

मुख्य प्रशिक्षक

विनोदकुमार दास

फिजियो

विक्रम न्यौपाने

प्रतिक्रिया
सम्बन्धित समाचार