आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

रोयल च्यालेन्जर्सको फेरी पनि हार, कोलकात्ता नाइराइडर्सको अविश्वासनीय जित

शनिबार, चैत्र २३ २०७५

काठमाडौं, २३ चैत । एजेन्सी-इन्डियन प्रिमियर लिग आईपीएलको यस सिजनमा विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंग्लोरले अर्काे हार व्यहोरेको छ । शुक्रबार राति भएको खेलमा वेष्टइन्डिजका आक्रामक अलराउण्डर आन्द्रे रसेलले अविश्वासनीय प्रदर्शन गरेपछि कोलकात्ता नाइराइडर्ससँग आफ्नै मैदाानमा बैंग्लोर ५ विकेटले पराजित भएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको बैंग्लोरका लागि कप्तान विराट कोहली र एबी डे भिलयिर्सको उत्कृष्ट इनिङको मद्दतमा २० ओभरमा जम्मा ३ विकेट गुमाएर २०५ रनको उच्च स्कोर बनाएको थियो ।

बिराट कोहलीले ४९ बलमा ८४ रन र डे भिलयिर्सले ३२ बलमा ६३ रनको योगदान गरे । दुवै अस्ट्रेलियन अलराउण्डर मार्कुस स्टोनिसले १३ बलमा २८ रनको योगदान गरी टोलीलाई उच्च स्कोरसम्म पुर्‍याएका थिए । २०६ रनको विशाल स्कोर पछ्याएको कोलकात्ताले राम्रो सुरुवात गरेपनि सुरुवाती विकेट गुमापछि बीचमा ब्याट्सम्यानले सुस्त गतिमा रन बनाएपछि खेल बैंग्लोरतर्फ ढल्किेसकेको थियो ।

१७ औभरको अन्तिममा पाचौं विकेट गुमाउँदा कोलकात्ताका १५३ रन मात्रै थियो अन्तिम ३ ओभरमा जितका लागि ५३ रन नै चाहिएको थियो । त्यसपछिको २ ओभरमा आन्द्रे रसेलले धुँवादार प्रदर्शन गरेपछि १९.१ ओभरमा ५ बल अगावै कोलकात्ताले जित हात पार्‍यो । १८ औं ओभरमा लगातार २ बल २३ बन बन्यो यस ओभरमा रसेलले १८ रन प्रहार गरे । त्यसपछिको ओभरमा पनि रसेल रोकिएनन् ५ बल सामना गर्न पाएका उनले ४ छक्का र एक चौका प्रहार गरी टोलीलाई जित नजिक पुर्‍याए ।

यस ओरमा २९ रन बन्यो । छैटौं नम्बरमा क्रिजमा आएका रसेल बैंंग्लोरका लागि घातक बने आईपीएलको यस सिजनमा रसेल विपक्षी टोलीका लागि हैरानी बन्दै आएका छन् । अहिलेसम्मका चारै खेलमा रसेलको ब्याट अस्वभाविक तरिकाले चम्किएको छ ।

उनले हैदरावादविरुद्ध १९ बलमा ४९ रन, पञ्जाबविरुद्ध १७ बलमा ४८ रन, दिल्लीविरुद्ध २८ बलमा ६२ रन बनाएका थिए । दिल्लीसँग मात्रै कोलकात्ताले हार सामना गर्‍यो, अन्य तीनै खेलको जितका लागि रसेल नै हिरो सावित भए । यो सँगै विराट कोहलीको टोली बैंग्लोरले लगातार ५ औं हार व्यहोरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार