शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

युएईमा ट्याक्सी दुर्घटना : २ नेपालीको मृत्यु, २ गम्भीर घाइते

शनिबार, चैत्र २३ २०७५

यूएई, २३ चैत । युनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबीमा कारले ट्याक्सीलाई ठक्कर दिँदा दुई जना नेपालीको मृत्यु भएको छ, त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् ।

उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा दुई जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी कावासोतीका निरोज परियार र स्थायी ठेगाना नखुलेको शान्ति विश्वकर्मा रहेको निरोजका आफन्त जोतीलाल परियारले जानकारी दिएका छन् ।

जोतीलालका अनुसार, उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज जाँदा दुर्घटना भएको हो ।

मृतकको शव अहिले खालिफा अस्पतालमा राखिएको छ ।


सोही दुर्घटनामा २ जना घाइते भएका छन् । गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार