शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनआरएनएद्धारा हावाहुरी प्रभावीतलाई राहत वितरण

बुधबार, चैत्र २० २०७५

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले बाराको तेलगाईमा हावाहुरी प्रभावीतलाई राहत वितरण गरेको छ । एनआरएन आइसिसी उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले तेलगाईमा राहत वितरण गरेको हो ।

एनआरएनले बाराको तेलगाँई गाउँका ७८ परिवारलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल वितरण गरेको एनआरएन प्रवत्ता भुषण घिमिरेले जानकारी गराउनुभयो । एनआरएन टोलीले आज प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटभाट गरि छलफलपश्चात त्यसतर्फ राहत वितरणमा गएको थियो । भेटघाटको क्रममा मुख्यमन्त्री राउतले विकट गाउँमा राहत वितरण हुन नसकेको बताउनुभएको थियो ।

त्यस्तै, एनआरएनले पुरौया गाउँका ५ सय घरधुरीलाई २५ किलो चामाल, ५ किलो आलु, २ किलो दाल र एक लिटर तेल वितरण गर्दैछ । टोलीमा एनआरएनका उपाध्यक्ष पन्तसहित, प्रवक्ता घिमिरे, सल्लाहकार रामेश्वर शाह तथा पूर्व महासचिव रतन झा, एनआरएन जर्मनीका उपाध्यक्ष मिलन पन्तगायत सहभागि हुनुहुन्छ ।

गैरआवासीय नेपाली संध द्वारा हावीहुरीले अति प्रभावित बाराको तेलगाई(८०), हरदिया(१०३), पसुरामपुर(१००), रमपुरवा(१६७) र अन्य स्थानको लागि बारा प्र.जि.अ.को कार्यालय लाई ५० प्याकेट गरी जम्मा ५०० थान खाद्यान्न सामग्रिको राहत प्याकेट वितरण गरियो।






























प्रतिक्रिया
सम्बन्धित समाचार