काठमाडौं । ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई बानेश्वर भीमसेन खोलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
ओरियन्टल कोअपरेटिभ, हाउजिङलगायतको माध्यमबाट अर्बौं रकम ठगी गरेको अभियोग लागेका बस्नेतलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।
बस्नेत पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।