दैलेख / पछिल्लो समयमा नेपाली गित संगीत जगतमा कलाकारहरु फरक फरक धारमा देखिन थालेका छन्।सबैले अा-आफ्नो कला छुट्टै किसिमले प्रस्तुत गर्ने र गित तथा म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम जारी रहेको छ।
यस्तै भखरै मात्र एक पछि ,अर्को गीत बजारमा ल्याउने क्रममा गायक ,सर्जक ,माेडल तथा भिडियो निर्देशक ,लाेकेन्द्र जिसी कुमारकाे ” तिम्रा घर कर्णाली पारी ”नामक देउडा गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ।
कर्णाली प्रदेशमै पहिलो पटक ड्रोन क्यामरावाट छायाँकन गरिएको देउडा गीतकाे म्युजिक भिडियो दैलेख जिल्लाका विभिन्न रमणीय ठाउँहरु वेलासपुर मन्दिर, दैलेख सदरमुकाम, कोतगढि, लोहोरे र छामघाटको संगम स्थल चुप्रा दोभान, लगाएतका ठाउँमा छायांकन गरिएको हाे ।
मंगलबार देखी सार्बजनिक भएको गायक जिसीकाे ‘कर्णालीपारी’ बोलको देउडा गीत गीतमा सुरेस रानामगरको लय ,शव्द सिर्जना रहेको छ, भने उक्त गीतमा स्वर दिनुभएको छ,यश गीतका प्रस्तुत कर्ता गायक लाेकेन्द्र जिसी (कुमार ) र पछिल्लो समयकी निकै ब्यस्त कलाकार टिका पुन रहेकाे छ।
चन्द्र मन्दिर मगरको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनय तर्फ पवन कुमार योगी, प्रेमा वि.क., मदन रेग्मी र सुमित्रा चौधरी देख्न सकिन्छ भने, मानवहादुर ओलिको छायाङ्कनमा तयार पारिएको उक्त म्युजिक भिडियो चानस पुनमगरको सम्पादन रहेको म्युजिक भिडियो सुरेस रानाकाे अफिसियले युटुब च्यानल बाट बजारमा ल्याएको हो ।