बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

आइपिएलमा कोहलीको आरसिबीको लगातार चौथो हार

बुधबार, चैत्र २० २०७५

काठमाडौँ । आइपिएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) लगातार चौथो खेलमा पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा बैंगलोरलाई राजस्थान रोयल्सले ७ विकेटले पराजति गरेकोहो ।

बैंगलोरले दिएको १५९ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । राजस्थानका लागि जस बटलरले सर्वाधिक ५९ रन बनाए भने स्टिभ स्मिथले ३८, राहुल त्रिपाठीले ३४ तथ् कप्तान अजिख्य रहानेले २२ रन बनाएका थिए । बैंगलोरका बलर युजबेन्द्र चहलले २ विकेट लिए भने मोहमद सिराजले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

बैंगलोरका लागि पार्थिव पटेलले सर्वाधिक ६७ रन बनाए भएन मार्कोस स्टोइनिसले ३१ रन बनाए । त्यस्तै कप्तान विराट कोहलीले २३, एबी डिभिलीयर्सले १३ रन बनाए । मोइन अलीले अविजित १८ रन बनाए भने शिमरोन हेटमेयर एक रन बनाएर आउट भए ।

राजस्थानका बलर श्रेयस गोपालले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । गोपालले ४ ओभरमा एक मेडनसहित १२ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै एक विकेट जाफ्री आर्चरले लिएका थिए ।

प्रतियोगितामा रोयल च्यालेनाजर्स बैंगलोर लगातार चौथो खेलमा पराजित भएको छ । बैंगलोरले अहिलेसम्म खेलेका चारै खेलमा पराजित भएको छ भने राजस्थानले चौथो खेलमा पहिलो जित हासिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार