मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

निःशुल्क स्वास्थ्य शिविरमा ९९६ को उपचार

मंगलबार, चैत्र १९ २०७५

गोरखा(जस)–बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ९९६ ले स्वास्थ्य उपचार गराएका छन् । आइतबार र सोमबार भएको शिविरमा स्वाँरा र सौरपानीका क्षेत्रका स्थानीयवासीले स्वास्थ्य सेवा लिएको माँझथर माध्यामिक विद्यालयका शिक्षिका सलिना गुरुङले जानकारी दिए । शिविरमा हाडजोर्नी तथा नशारोगको उपचार, महिला तथा प्रसूति रोगको उपचार, सामान्य चिकित्सा तथा बालरोगसम्बन्धी उपचार सेवा प्रदान गरिएको उनले बताए ।

त्यस्तै सामान्य घाउ खटिरा चिरफार तथा परिवार नियोजनसम्बन्धी सेवा र सल्लाह, आयुसिडी तथा इम्प्लान्ट सेवासहित विशेष परामर्श सेवासमेत प्रदान गरिएको आयोजकले जनाएको छ । कर्म फ्लाइट फाउण्डेशन नेपाल पोखराको आयोजना तथा बारपाक सुलिकोट गाउँपालिका–३ लायन्स क्लब अफ पोखरा स्काइ टाउन, स्वाँरा स्वास्थ्यचौकीको सहआयोजना तथा माझथर माविको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको थियो । शिविरमा हाडजोर्नी रोग विशेषज्ञ डा ईश्वर शर्मा, स्त्रीरोग विशेषज्ञ डा सरिता गुरुङलगायत पाँच चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य उपचार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार