काठमाडौँ, १९ चैत । यही मार्च ८ तारिखको दिन दुबईमा भएको गोर्खाली नाईट-२०१९ कार्यक्रमबाट बचेको केही रकम मृगौला सम्वन्धि रोगले पिडित २ (दुई) जना ब्यक्तिहरु विष्णु सुनार र संजीव कंडेल लाई जनही १/१ लाख नेपाली रुपैयाँको दरले आज एक कार्यक्रमका बिच सहयोग रकम हस्तान्तरन गरियो ।

यस कार्यमा सहयोग गर्नुहुने दुबईका सम्पूर्ण संघ, संस्थाहरु, भातृ संगठनहरु एनआरएनए आइसीसी, एनसीसी युएई , कार्यक्रमका प्रयोजकहरु, पत्रकारहरु र विशेषगरी यस मृगौला पिडितलाई सहयोग हस्तान्तरण कार्यक्रमलाई सहज वातावरणमा सम्पन्न गर्न सहयोग गर्नुहुने बेनिघाट रोराङ्ग गाँउपालिकाका प्रमुख हरी डल्लाकोटी र उप-प्रमुख गोपाल सिलवाल लाई आयोजक एनआरएनए आईसिसि सदस्य मनोज गोर्खालीले धन्यबाद ब्यक्त गरे |

उक्त राहत वितरण कार्यक्रममा एनआरएनए सचिब डिबी छेत्री, एनआरएनए मध्यपूर्व संयोजक आरके शर्मा, एनआरएनए मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ, एनआरएनए एसिया पुर्व उप संयोजक गोबिन्द श्रेष्ठले उक्त कार्यको सराहना गर्दै गोर्खाली साँझका आयोजक मनोज गोर्खाली र मदन अधिकारीलाई धन्यबाद व्यक्त गरे |
