शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मानवीय सहयोगमा जुट्न अपिल

मंगलबार, चैत्र १९ २०७५

चैत्र १७ गते बेलुका २ नं प्रदेशको बारा, पर्सा र अन्य जिल्लामा अचानक आएको भीषण विनाशकारी हावाहुरी र असिना पानीबाट ३५ बढीको निधन, ७०० बढी घाइते भएको, घर, टहराहरू भत्किएका, खाद्य बस्तुहरू नष्ट भएका कारण त्यस क्षेत्रका नागरिकहरू बिचल्लीमा परेकोमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान परिवारले दुःख व्यक्त गर्दै यस्तो बापतको समयमा सिङ्गो मुलुक एक ढिक्का भएर उद्धार, राहत, उपचार र मानवीय सहयोगमा जुट्न नेपाल सरकार, राजनीतिक दलहरू र अन्य सम्पूर्ण सरोकारवाला निकाय, पक्ष र सामाजिक संघसंगठनहरु समक्ष एक विज्ञप्ति मार्फत हार्दिक अपिल गरेको कुरा प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार