शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुत आईपीएलमा दिल्लीको नाटकीय हार

मंगलबार, चैत्र १९ २०७५

काठमाडौँ, १९ चैत । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले नाटकीय हार ब्यहोरेको छ ।

सोमबार राति भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले किंग्स इलाभेन पन्जावसँग १४ रनले पराजित भएको हो । अन्तिम १६ बलमा ८ रन जोड्दा ७ विकेट गुमाएपछि दिल्लीले नाटकीय हार बेहोरेको हो ।

बिन्द्रा स्टेडियममा घरेलु टोली पन्जाबले दिएको १६७ रनको लक्ष्यसहित ब्याटिङ गरेको दिल्ली १९ ओभर २ बलमा अलआउट हुँदै १५२ रनमा समेटियो ।

दिल्लीका लागि ऋषब पन्तले ३९, कोलिन इन्ग्रामले ३८, शिखर धवनले ३० तथा कप्तान श्रेयस आयर २८ रन बनाए ।

पन्जाबका साम करणले ह्याट्रिकसहित ४ विकेट लिए । जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो । यस्तै कप्तान रविचन्द्र आश्विनले र मोहम्मद शामीले समान २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको पन्जाबका लागि डेभिड मिल्लरले ४३, सर्फराज खानले ३९, मन्दिप सिंहले अविजित २९ , साम करणले २० र लोकेश राहुलले १५ रन बनाए ।

दिल्लीका क्रिस मोरिसले ३ तथा कागीसो राबडा र सन्दीप लामिछानेले २ २ विकेट लिए ।

जितसँगै पन्जाबले ४ खेलबाट ६ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार