शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ युएईमा ‘धुर्मुस सुन्तली साँझ’ हुँदै

मंगलबार, चैत्र १९ २०७५

यूएई – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ युएईमा धुर्मुस सुन्तली साँझ कार्यक्रम हुने भएको छ ।

युएईका क्रियाशिल विभिन्न नेपाली संघसंस्थाहरुको आयोजनामा आगामी अप्रिल २६ शुक्रबार दुबईमा उक्त कार्यक्रम हुनेछ । उक्त कार्यक्रमको संयोजक चितवन सेवा समाज युएईले गरिरहेको छ ।

अहिलेसम्म आयोजक संस्थाको रुपमा करिब ३ दर्जन संस्थाहरु प्रतिबद्ध रहेको र अन्य संस्थाहरु पनि आयोजकको रुपमा रहने आयोजक संस्थाका मदन अधिकारीले बताए । उनले कार्यक्रम आर्थिक र मनोरञ्जन दुबै रुपमा सफल हुनेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा धुर्मुस, सुन्तली, गायक पुष्पन प्रधान, मेलिना राई, फ्युजन डान्स ग्रुप र युएईमा क्रियाशिल नेपाली कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार