शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

रियल म्याड्रिडको संघर्षपूर्ण जित

सोमबार, चैत्र १८ २०७५

काठमाडौं(एजेन्सी)–ला लिगामा रियल म्याड्रिडले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती हुएस्काविरुद्धको खेलमा रियल म्याड्रिडले ३(२ गोल अन्तरको जित हासिल गरेको हो । जिनेदिन जिदान दोस्रो पटक टिमको कोच बनेपछिको यो दोस्रो जित हो । रियलको जितमा इसको, डानी सेबालोस र करिम बेन्जमाले एक एक गोल गरेका थिए भने हुएस्काका लागि हर्नान्डेज र एटेक्इटाले एक एक गोल गरेका थिए ।
बेन्जामाले खेलको अन्तिम मिनेटमा गोल गर्दै रियललाई जित दिलाएका थिए । बेन्जामाले ला लिगामा खेलेका सबै ३४ टिमविरुद्ध गोल गरेका छन् । उनले ला लिगामा अहिलेसम्म १४१ गोल गरेका छन् । जितपछि रियलको २९ खेलमा ५७ अंक भएको छ भने शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १२ अंकले पछाडी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार